दफा २८
मानार्थ प्राज्ञ तथा आजीवन सदस्यता
: (१) भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रको विकासमा विशिष्ट योगदान पुराई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको गौरव बढाउने स्वदेशी वा विदेशी व्यक्तिलाई सभाले परिषद्को सिफारिसमा प्रज्ञा प्रतिष्ठानको मानार्थ प्राज्ञ सदस्यता प्रदान गर्न सक्नेछ ।
(२) भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक  शास्त्रको विधामा विशिष्ट योगदान पुराउने  नेपाली नागरिकलाई सभाले प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गर्न सक्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिम मानार्थ प्राज्ञ सदस्यता तथा आजीवन सदस्यता प्रदान गर्ने आधार तोकिए बमोजिम हुनेछ ।
(४) प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यलाई तोकिए बमोजिमको सुविधा प्रदान गर्न सक्नेछ ।
तर नेपाल सरकारबाट कुनै पारिश्रमिक वा सुविधा पाइरहेको आजीवन सदस्यले त्यस्तो सुविधा पाउने छैन ।
(५) सभाले मानार्थ प्राज्ञ सदस्य र आजीवन सदस्यलाई तोकिएको अवस्थामा सदस्यताबाट हटाउन सक्नेछ ।